Aamsanchar

आरोपी सिद्धबाबालाई तेस्रो पटक म्याद थपकालागी अदालत उपस्थित गराए

Author Image
शुक्रवार, मंसिर २७, २०७६


अनुयायी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई तेस्रो पटक म्याद थप गर्नकाका लागी आज (शुक्रबार) अदालत उपस्थित गराईंएको छ । विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत सुनसरी लगेको हो ।

कार्त्तिक ४ गते आफुलाई बलात्कार गरेको भन्दै महिला अनुयायीले किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई नर्सिङ होमको सघन कक्षबाट मंसिर १६ गते पक्राउ गरेको थियो । उनको स्वास्थमा समस्या रहेको बताएपछि थप उपचारकालागी पुनः अस्पतालमै राख्न आदेश दिदै यस अघि अदालतले प्रहरी अनुसन्धानकालागी चार दिन र २० दिन गरी दुइपटक म्याद थप गरी सकेको छ ।

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर