Aamsanchar

बलात्कार विरुद्ध ऐक्यवद्धता अभियान सुरु

Author Image
मङ्गलवार, मंसिर १०, २०७६


विराटनगर । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यवद्धता अभियान प्रदेश एकका सबै जिल्लामा सुरु भएको घोषणा गरेकाछन्। विराटनगरमा सोमबार आयोजित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कार्यक्रममा मन्त्री घिमिरेले सो घोषणा गरेका हुन्। सो क्रममा मन्त्री घिमिरेले महिलाहिंसाविरुद्ध सभ्य समाज निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताएका थिए। कार्यक्रममा मन्त्री घिमिरेले नयाँ नेपाल निर्माणको क्रममा रहेकाले सभ्य समाजका लागि आम नागरिकको साथ, सहयोग आवश्यक रहेको बताएका हुन्।

सोही क्रममा प्रदेश एक प्रदेश सभा उपसभामुख सरस्वती पोखरेलले मुलुकमा अझैपनि महिलाहिंसामा कमी आउन नसकेको बताएकी थिइन्। आर्थिक रुपमा सक्षम र समाजिक सचेततना नहुन्जेल महिलामाथि शोषण तथा हिंसाको घटना न्यूनीकरण हुन नसक्ने उनले स्पस्ट पारिन्।
अभियानसंगै सामाजिक विकास मन्त्रालयबाट र्यालीको समेत आयोजना गरिएको थियो।

अभियान अन्तर्गत २४ गतेसम्म विभिन्न कार्यक्रम संचालन गर्ने आयोजक लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मुल आयोजक समारोह समिति प्रदेश एक विराटनगरले जनाएको छ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर