
नेपाल भारत सीमा पानीट्यांकी नजिकबाट भारतमा तस्करीका लागि ल्याइएका दुई नेपाली महिलालाई उद्धार गरेको छ। मानव तस्करीविरुद्ध कार्य गर्दै आइरहेको एनजीओ टाइनी ह्याण्ड्स नेपालको सहयोगमा सशस्त्र सीमा बल ९एसएसबी० ले बुधवार बेलुकी उनीहरुको उद्धार गरेको हो। उद्धार गरिएका दुई महिलामध्ये एउटी २३ र अर्की २७ वर्षकी हुन्। दुवै विवाहित हुन्। एसएसबीका अनुसार एकजना धनकुटा जिल्लाको महाभारत वार्ड नम्बर ५ निवासी हुन् भने अर्की महिला तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९ निवासी हुन्।

जानकारीका अनुसार एसएसबीको ४१औं बटालियनका जवानहरूले हिजो साँझपख भारत(नेपाल सीमा पानीट्यांकीबाट ती दुई महिलालाई तस्करीमा पर्नबाट जोगाएका हुन्। यसका साथै एसएसबीका जवानहरूले आशा राई नाम गरेकी एक महिला तस्करलाई पनि पक्राउ गरेका छन्। एसएसबी सूत्रका अनुसार पक्राउ परेकी यी महिला तस्कर नेपाल धनकुटानिवासी हुन्। यसअघि पनि उनले धेरै महिलाको तस्करी गरिसकेको हुनसक्ने आशंका गरिएको छ। यसबारे थप केरकार र अनुसन्धान भइरहेको पनि बताइएको छ।

केरकारअवधि तस्कर आशा राईले बताएअनुसार उनले काँकड़भिट्टादेखि बाघडुग्रासम्म ल्याउनका लागि प्रतिमहिला भारु दश हजारमा लिएकी थिइन्। यसपछि दुवै महिलालाई बाघडुग्राबाट दिल्ली पुऱ्याइने योजना थियो। दिल्ली मुनिरकामा रहेका किशोर बाजे उर्फ किशोर चेम्जोङ लिम्बूको सम्पर्क थिइन्, यी दुई महिलालाई पनि राईले लिम्बूकै हातमा पार्ने योजना थियो। किशोर बाजे उर्फ किशोर चेम्जोङ लिम्बू दिल्ली मुनिरकामा बसेर मानव तस्करी नेटवर्क चलाउने गरेको खुलिएको छ।

उद्धार गरिएका दुई महिलासहित तस्कर आशा राईले एसएसबीले नेपाल प्रहरीको हातमा सुम्पेको छ। उल्लेखनी छ, पछिल्ला आठ दिनभित्र एसएसबीले पाँचजना नेपाली महिलालाई तस्करीमा पर्नबाट जोगाउनका साथै तीनजना आरोपी तस्करलाई पनि पक्रा गरिसकेको छ। पछिल्लो नोभेम्बर २१९को दिन एसएसबीले तस्करीमा परेका पोखरानिवासी एक महिलालाई पानीट्यांकी बस बिसौनीबाट उद्धार गरेको थियो भने दुई दिनअघि टाइनी ह्याण्ड्सको सहयोगमा एसएसबीले तस्करीका लागि भारत ल्याइएका चितवन र जनकपुरनिवासी दुई महिलालाई उद्धार गरेको थियो।

यो मामिलामा एसएसबीले राजु टुडु र प्रेमबहादुर तामाङ नाम गरेका दुई तस्करलाई पक्राउ गरी नेपाल प्रहरीको हातमा सुम्पेको थियो। विशेषगरी ग्रामीण क्षेत्र र आर्थिक रूप अवस्था कमजोर रहेका महिलाहरूलाई वैदेशिक रोजगार र राम्रो वेतनको लोभ देखाएर यी तस्करहरूले आफ्नो जालोमा फँसाउने गरेका छन्।
स्मरण होस्, पछिल्लो वर्ष र यो वर्षको शुरुमा दिल्लीका पहाड़गञ्ज, मुनिरका र मैदानगढ़ीमा दिल्ली पुलिसको सहयोगमा दिल्ली महिला आयोगले बेग्ला–बेग्लै अभियान चलाएर करिब सयजना नेपाली महिला उद्धार गरेको थियो। यी सबै महिलालाई वैदेशिक रोजगारको लोभ देखाएर दिल्ली पुऱ्याइएको थियो। त्यसपछि खाड़ी देशहरूमा तस्करी गरिने योजना थियो।
ती महिलाहरूसँग दिल्लीस्थित मुनिरकामा केही दिन राखेर देह व्यापारको धन्धामा संलग्न गराइने गरेको पनि त्यसबेला दिल्ली पुलिसको जाँचमा खुलेको थियो। यी ममिलामै जड़ित रहेको आरोपमा यसै वर्षको जनवरी महिनामा लोप्साङ लामा नाम गरेका ‘मोस्ट वाण्टेड’ तस्करलाई दिल्ली पुलिसको स्पेशल सेलले पक्राउ गरेको थियो।

