Aamsanchar

चर्चित अभिनेता सलमानको घर बमले उडाउने धम्की

Author Image
सोमवार, मंसिर ३०, २०७६


बलिउडका चर्चित अभिनेता सलमान खानलाई पछिल्लो पटक एक युवाले घर भत्काइदिने धम्की दिएका छन् । भारत गाजियावादका १६ वर्षीय एक किशोरले मुम्बई पुलिसलाई इमेल गरेरै सलमान खानको घर बमले उडाइदिने धम्की दिएका हुन् । भारतीय मिडियाका अनुसार इमेल डिसेम्बर ४ मा पठाइएको थियो ।

इमेलमा किशोरले ‘बान्द्राको ग्यालेक्सी, सलमान खानको घर अबको दुई घण्टामा विष्फोट हुँदैछ, रोक्न सके रोक’ भन्ने धम्कीसहितको इमेल गरिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ । बान्द्रा पुलिस बम डिटेक्सन र डिस्पोजल स्क्वाडसहित सलमानको घर पुगेका थिए । त्यसक्रममा चारघण्टासम्म अनुसन्धान गरेको थियो । चार घण्टाको सूक्ष्म अनुसन्धानपछि इमेल झुटो रहेको पत्ता लागेको थियो । त्यो इमेल प्राविधिकको सहयोगमा एक युवाले पठाएको पत्ता लागेको थियो । तर, ती युवा भने फरार भएका थिए ।

परिवारलाई दबाव दिएपछि ती युवालाई आत्मसमर्पण गर्नका लागि सूचना जाहेर गरिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही समयपछि जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर