Aamsanchar

काउलीको गुण धेरै, तर यस्ता विरामीको लागि अवगुण

Author Image
आइतवार, मंसिर २९, २०७६

जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल कोभी) । फाइदै-फाइदाले भरिएको काउलीले कसैको स्वास्थलाई कसरी बेफाइदा पुर्‍याउला ? एक जना सिनियर डाइटिसियनका अनुसार काउलीले केही रोगका बिमारीहरुलाई भने पक्कै बेफाइदा पुर्‍याउँछ । केही मानिसहरुको स्वास्थका लागि काउलीको सेवन राम्रो मानिँदैन । यसको सेवनले उनीहरुको समस्या अझै बढ्न सक्छ । यो कुरा झट्ट सुन्दा पत्याउनै गाह्रो पर्छ । किनभने अति नै फाइदाजनक यो तरकारीलाई कसलाई पो हानि पुर्‍याउला जस्तो लाग्छ । सायद तपाईंको दिमागमा पनि यो जिज्ञासा पैदा भइरहेको होला । वास्तवमा यो सत्य हो । जानौं कसरी ?

थाइराइडका बिमारी

थाइराइड दुई प्रकारको हुन्छ(हाइपो थाइराइड तथा हाइपर थाइराइड । हाइपो थाइराइडमा थाइराइड ग्ल्याण्ड एक्टिभ हुन सक्दैन । जसबाट शरीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन । चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बच्नुपर्छ । किनभने यसमा गाइट्रोगन नामक तत्व पाइन्छ । जुन थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

ग्याष्ट्रिकबाट पीडित महिलाहरु

डाइटिसियनहरुका अनुसार काउलीमा त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ । त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो । त्यसैले ग्यास्ट्रिकबाट पीडित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ । यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन । उनीहरुलाई पनि ग्याष्ट्रिकको समस्याले सताउन सक्छ । यसबाहेक जो महिलाहरुलाई अर्थराइटीसको समस्या हुन्छ । उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र त्यसले हड्डीहरुमा पीडा हुन थाल्छ ।

ब्लड क्लटिङको समस्या

यसबाहेक काउलीमा भिटामिन(के अत्यधिक मात्रामा पाइन्छ । भिटामिन( के ले शरीरको ब्लड कटिङमा सहयोग पुर्‍याउँछ । यदि मानिसको शरीरमा यो भिटामिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ । जुन निकै खतरनाक हुनसक्छ । त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ ।

काउलीको स्वाद अधिकांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै नरहला । साथै यो स्वास्थका लागि धेरै नै फाइदाजनक पनि छ । यद्यपि, हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष हुन्छ भनेजस्तै काउलीको पनि दुबै पक्ष देख्न सकिन्छ । त्यसैले यदि तपाईं पनि माथि उल्लेख गरिएकामध्ये कुनै समस्याबाट पीडित हुनुहुन्छ भने काउलीको सेवनबाट बच्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)