Aamsanchar

प्रेममा धर्म बाधक बनेपछि प्रेमीको लिङ्ग छेदन

Author Image
आइतवार, मंसिर २९, २०७६

काठमाडौं :  प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर महाँकालमा एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् ।

प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम अस्पतालको आईसीयुमा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार दुवैजना बौद्धस्थित होटल हायतमा कार्यरत रहेको र उनीहरु प्रेममा थिए । तर, केटा क्रिश्चियन र केटी बुद्ध धर्मालम्बी भएकाले विवाह नहुने भएपछि केही समयदेखि उनीहरुको ब्रेकअप थियो ।

तर, अन्तिमपटक भन्दै कोठामा भेट्न बोलाएर ती युवतीले लिङ्ग छेदन गरिदिएकी हुन् । प्रयुवकको लिङ्ग आधा काटिएको छ भने युवतीको हातमा चोट लागेको घटनामा प्रयोग भएको चक्कु सहित प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर