Aamsanchar

एक नम्बर प्रदेशमा प्रस्तावित भयो विद्युतिय रेल

Author Image
आइतवार, मंसिर २९, २०७६

विराटनगर र प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेलवेज अन्तरगत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेलवेजको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो । विराटनगर–इटहरी लिङ रेलवेज २०.१६ किलोमिटर हुनेछ । इनरुवा काकडभिट्टा रेलवेजको लम्बाई भने १०६.५९ किलोमिटर हुनेछ । जम्मा १२६. ७५ किलोमिटर रेलवेज निर्माण गर्दा ९० अर्ब दुई करोड, ८२ लाख ८६ हजार लागत अनुमान गरिएको छ ।

पूर्व पश्चिम रेलवेज निर्माण गर्दा ६ सय ३५.७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । सो मध्ये ५ सय १२ हेक्टर खेती योग्य जमिन र १९.६० हेक्टर वन क्षेत्र पर्छ । त्यस्तै ३३ हेक्टर घनाबस्ती क्षेत्रमा पर्छ । विराटनगर इटहरी रेलवेज निर्माण गर्दा १९३ परिवार प्रत्यक्ष प्रभावित हुनेछन् । प्रस्तावित पूर्व पश्चिम रेलवेजको इनरुवा काकरभिट्टा खण्डमा ३५७ घरधुरी प्रभावित हुनेछन् । २०० किलोमिटर प्रतिघण्टाको रेलवेज निर्माण गर्दा चारहजार परिवारको ५ सय १२.६९ हेक्टर जमिन अधिग्रहण हुनेछ ।

विद्युतिय रेलवेजको बातावरणीय प्रभाव मुल्याङक (इआइए) गरेका विज्ञ रिकेश चित्रकारका अनुसार इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलवेज पूर्व पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने उनले बताए ।

चित्रकारका अनुसार इनरुवादेखि काडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको छ । भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।

१८ स्थानीय तह जोड्ने प्रस्ताव
प्रस्तावित रेलेवजले तीन जिल्लाका १८ स्थानीय तहलाई छुनेछ । पूर्व पश्चिम राजमार्ग पश्चिम झापाको तीन वटा, मोरङका नौं वटा र सुनसरीका तीनवटा स्थानीय तहलाई छुनेछ । ती स्थानीय तहमा केही वडालाई रेलवेजले छुनेछ ।

बातावरणीय प्रभाव मुल्याङकन गर्दा कम क्षति हुने स्थानमा पर्ने गरी बातावरणीय प्रभाव मुल्याङकन गरिएको चित्रकारले जानकारी दिए । प्रस्तावित रेलवेजमा सुनसरीको भोक्राहा गाउँपालिकाका ५ र ७ नम्बर वडालाई छुनेछ । त्यस्तै इनरुवा नगरपालिकाको २,४,५,७ र ९ वडा र इटहरी उपमहानगरपालिकाका ७,१० ११,१२,१४,१५ र १६ वडालाई रेलवेजले छुनेछ ।

पूर्व पश्चिम रेलमार्गले सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकालाई छुनेछ । त्यस्तै विराटनगर इटहरी लिङ्क रेलवेजले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका केही वडालाई छुनेछ । झापाका दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षि नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई छुनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर