Aamsanchar

सुकुम्बासीद्धारा नक्कली पुर्जा लिएर किनबेच गर्ने ४ जना बन्धक

Author Image
आइतवार, मंसिर २९, २०७६


मारङको पथरीशनिश्चरेमा सुकुम्बासीद्घारा ४ जना जग्गा हेर्न आउनेलाई बन्दि गृहमा थुनेर बन्धक बनाएका छन । पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफीया भन्दै उनीहरुले थुन्ने गरेका छन । पथरीशनिश्चरे ३ र ७ मा रहेको जग्गा देखाउदै गरेको अवस्थामा स्थानिय भोगचलन गर्नेहरुले शनिबार बिहान ७ बजे देखि स्थानिय बन्दि गृहमा थुनेका हुन । बन्दि गृहमा थुनेकाहरुलाई प्रहरीले उठाएर लान खोज्दा स्थानियहरुले छेकेर राखेका छन ।

भारतिय नम्बर प्लेटको गाडीमा आएक ५ जनालाई स्थानियले कुटपिट गरेर थुनेका हुन । एक जना भाग्न सफल भए पनि अन्य ४ जना कुटपिटबाट घाईले भएका छन । प्रहरीले समस्य समधान गर्न र घटनालाई आफ्नो नियन्त्रणमा लिन धेरै प्रयास गरे पनि सफल भएको छैन । प्रहरीलाई पटक पटक यस्ता प्रबृतिका ब्यत्तिहरु जिम्मा लगाए पनि समस्या कहिल्यै समाधान नभएका कारण स्थानियले प्रहरीलाई लान बन्देज गरेका हुन । ७ घण्टा बितिसक्दा पनि जनप्रतिनिधी नआएपछि स्थानियले यसमा जनप्रतिनिधीको पनि संलग्नता रहेको भन्दे आक्रोश पोखे ।

चुनावको बेला भोट माग्न चप्पल पट्काउदै आउने मेयर र उपमेयरले हाम्रो दुखमा साथ नदिएको स्थानियको भनाई छ । सानो समुहमा प्रहरी र ठुलो समुहमा सुकुम्बासी भएका कारण प्रहरी निरिह समेत बनेको छ । सुकुम्बासीको बन्दिमा पर्ने बाराका दिपक काफ्लेले साथीको जग्गा हेर्न आएको तर आफु किनबेच गर्न नआएको भएपनि भोकै दिनभर थुनिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)