Aamsanchar

ट्रेलर र टेम्पु ठोक्कीदा दुई जनाको मृत्यु

Author Image
आइतवार, मंसिर २९, २०७६


धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने, दुई जना घाईते भएका छन् ।

हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको हो ।

टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिका–५ का २५ बर्षीय प्रदिप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । डोजर बोक्न प्रयोग गरिने टेलर र टेलर चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ बर्षीय ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर