Aamsanchar

स्थानिय सरकारको कार्यालयमा बम विस्फोट

Author Image
शनिवार, मंसिर २८, २०७६

प्रतिकात्मक तस्वीर

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् ।

राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर