Aamsanchar

विकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले गर्यो स्वात सम्मान

Author Image
बिहिवार, मंसिर २६, २०७६

अर्जुनधारा :  हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा पर्न सफल झापा अर्जुनधाराका बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।
अर्जुनधारा –१ मा स्थायी घर भएका ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल उनलाई बिहिबार नगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)