Aamsanchar

अटो दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

Author Image
शनिवार, मंसिर २१, २०७६

काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ।

राप्ती नगरपालिका(४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते अटोका चालकसहित ६ जना मध्ये तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर