Aamsanchar

कालिकापीठमा मंसीर २२ देखि १६ औं अनुष्ठान

Author Image
मङ्गलवार, मंसिर ३, २०७६


 कालीस्थान । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठको १६ औं बार्षिक अनुष्ठानको अवसर पारेर आगामी मंसिर २२ गतेदेखि सप्ताहब्यापी श्रीमद् ब्रम्हाण्ड महापुराणको आयोजना गरिने भएको छ । पुराणमा कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। पं। रघुनाथ रिजालको प्रमुख वाचकत्व रहनेछ ।

पीठका आजीवन अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । अनुष्ठान सभ्य र भब्य रुपमा सफल पार्न पीठका उपाध्यक्ष डिल्लीराम दाहालको संयोजकत्वमा १६ औं बार्षिक अनुष्ठान आयोजक समिति गठन गरिएको छ । यसैगरी दाहालकै संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, कोषाध्यक्ष खडानन्द खतिवडाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, उपाध्यक्ष लक्ष्मी मिश्रको संयोजकत्वमा साजसज्जा ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।

वार्षिक अनुष्ठानलाई ब्यवस्थित गर्न प्रेमप्रसाद पोखरेल संयोजक रहेको खाद्य ब्यवस्थापन , तारा गिरी संयोजक रहेको मण्डप ब्यवस्थापन, मनास्लु युवा क्लवका अध्यक्ष मनोज गोम्देन र राष्ट्रियता संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटा सहसंयोजक रहेको सुरक्षा ब्यवस्थापन, पर्शुराम कटुवाल संयोजक रहेको तुलादान तथा धान्याचल ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी अर्जुनधारा वडा नं–९ का अध्यक्ष पुष्प प्रसाई र वडा नं १० का बलदेव गोम्देनको संयोजकत्वमा पुराण संरक्षण उपसमिति चयन गरिएको छ । उक्त समितिमा ९ नम्बर वडाध्यक्ष पुष्प प्रसाई, स्थानिय समाजसेवीहरु दुर्गालाल श्रेष्ठ र सन्तबहादुर तामाङ सदस्य रहेका छन् । उपाध्यक्षत्रय डिल्लीराम दाहाल, लक्ष्मी मिश्र, कर्ण तामाङ रहेको अतिथि सत्कार उपसमिति, कर्णवहादुर तामाङ संयोजक रहेको रात्रीकालीन जागरण कार्यक्रम ब्यवस्थापन उपसमिति गठन गरिएको सचिव पं। भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।

मंसिर २८ गते समापन हुने अनुष्ठानमा रुद्राभिषेक महायज्ञ, तु्लादान, धनधान्याचल महायज्ञ गरिनेछ । देवकालीन इतिहाससँग जोडिएको कालिकापीठ परिसरमा अक्षय वटवृक्षमुनी देवीको मन्दिर,जयन्तेश्वर शिवालय, अरुन्धति मातासहित सप्तऋषि भवन, हवनकुण्ड, काली मन्दिर, नवग्रह मन्दिर आदि रहेका छन् । कालिका संस्कृत विद्यापीठ सञ्चालन रहेको पीठमा पूर्वीय वैदिक ग्रन्थहरु देवी सप्तसति, रुद्री, वेद, ब्याकरण, भागवत, ज्योतिष आदिको पठन पाठन हँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१