Aamsanchar

हिमपहिरोमा परी दुई भरियाको मृत्यु

Author Image
मङ्गलवार, मंसिर ३, २०७६


भारत प्रशासित काश्मिरको उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो ।

सेनाले आफ्नो बयानमा उक्त घटनालगत्तै हिमस्खलन उद्दार समूहलाई घटनास्थलमा पठाइएको जसले आठजनालाई बरफबाट निकालेका हुन् । यी सबैलाई हेलिकोप्टरमार्फत् सेना अस्पताल ल्याइयो जसमध्ये सातजनाको स्थिती अत्यधिक गम्भीर थियो ।

यद्यपि, चार जवान र दुई सर्वसाधारणलाई बचाउन सकिएन । उक्त हिमस्खलनमा केही भारतीय चौकीमा पनि क्षती पुगेको खबर आइरहेको छ ।

संसारको सबैभन्दा अग्लो युद्धक्षेत्रः

सियाचिनलाई संसारको सबैभन्दा अग्लो युद्धक्षेत्र भनिन्छ जुन काराकोरम रेन्जमा समुद्र सतहभन्दा २० हजार फिटको उचाईमा छ ।सियाचिन ग्लेशियरमा तापक्रम माइनस ६० डिग्री सेल्सियसभन्दा पनि कम हुन्छ । साथै यहाँ हिम पहिरो र पहिरो आउनु साधारण कुरा हो ।

सन् २०१६ मा सियाचिनमा हिमपहिरोमा १० जवान बरफमुनी दबिएका थिए । ६ दिनपछि लान्स नायक हनमनथप्पालाई बचाइएको थियो तर पछि दिल्लीमा उनको मृत्यु भयो ।

भारतमा मात्रै होइन सियाचिन ग्ल्यासियरको अर्कोतर्फ पाकिस्तानको गयारी क्षेत्रमा पनि यस्तै स्थिती छ । सन् २०१२ मा भएको एक हिम पहिरोमा परी पाकिस्तानका १ सय २९ जवान र ११ सर्वसाधारणको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)