Aamsanchar

आज अन्तर्राष्ट्रिय पुरुष दिवस

Author Image
मङ्गलवार, मंसिर ३, २०७६


अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ ।

पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि यस दिन विशेष छलफल गरिन्छ । हुन त विगत ३० वर्षमा यूकेमा पुरुषद्वारा गरिने आत्महत्याको दर घट्दो छ तरपनि ४५ वर्ष मुनीका पुरुषहरुले आत्महत्या गरेरै आफ्नो ज्यान गुमाउने गरेको क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्लीले बताएको छ ।

अन्तर्राष्ट्रिय पुरुष दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ । यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ ।
गत वर्ष नेपालमा पनि अन्तर्राष्ट्रिय पुरुष दिवसम मनाइएको थियो जसले धेरैको समर्थन पनि पाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 559

प्रतिक्रिया (०)