६५ वर्षीय वृद्धले २ वर्षीया बालिकालाई बलात्कार


आमसंचार
प्रकाशित मिति :2019-11-19 13:31:03


पश्चिम नवलपरासीको सुनवलमा दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com