Aamsanchar

युरोकप २०२० छनौटमा स्पेन

Author Image
मङ्गलवार, मंसिर ३, २०७६


युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनलले समूह चरणको अन्तिम खेलमा प्रभावशाली जीत निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोलले हरायो । स्पेनलाई जिताउन आठौँ मिनेटमा फेबियन रुइजले खाता खोले । जेरार्ड मोरेनोले ३३ औँ र ४३ औँ मिनेटमा लगातार दुई गोल गरे । स्पेनले ४५ औँ मिनेटमा रोमानियाका एड्रियन रसबाट आत्मघाती गोल उपहार पाएको थियो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा माइकल ओयरजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए ।

जितसँगै समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको स्पेनले १० खेलबाट २६ अंक बनायो । अर्को खेलमा स्वीडेनले फारोय आइसल्यान्डलाई ३–० गोलले पराजित भयो । स्वीडेन पनि समूह उपविजेताको रुपमा युरोकपमा छनोट भईसकेको छ । दोस्रो स्थानम रहेको स्वीडेनको २१ अंक छ । यही समूहको अर्को खेलमा नर्वेले माल्टालाई २–१ गोलले हराएको छ ।

अर्मेनियामाथि इटालीको गोलवर्षा

यता, इटालीले सन् २०२० को युरोकप छनोट खेलमा अर्मेनियामाथि गोलवर्षा गरेको छ । समूह ‘जे’ अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा इटालीले अर्मेनियालाई ९–१ गोलले हरायो । यसअघिनै युरोकपमा छनोट भइसकेको इटालीले अपराजीत यात्रा कायम राख्यो ।

एकपक्षीय खेलमा इटालीको जितमा सिरो इम्मोबाइलले आठौं र ३३ औँ तथा निकोलो जानिलोले नवौं र ६४ औँ मिनेटमा दुई गोल गरे । निकोलो बरेलाले २९ औँ, अलेसियो रोमागोन्लीले ७२ औँ, जोर्गिन्होले ७५ औँ, रिकार्डो ओरसोलिनीले ७८ औँ र फेडेरिको चेइसाले ८१ औँ मिनेटमा एक एक गोल गरेका थिए ।

अर्मेनियाका इडगर बाबायानले ७९ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । छनोट खेलमा शतप्रतिशत जित निकालेको इटाली शीर्ष स्थानमा छ । इटालीले १० खेलबाट ३० अंक बनाएको छ । यस समूहबाट फिनल्यान्डले पनि युरोकप यात्रा तय गरेको छ । सोमबार रातिनै भएको खेलमा फिनल्यान्डले ग्रीससँग २–१ गोलले पराजित भए पनि युरोकपमा छानिएको हो ।

दोस्रो स्थानमा रहेको फिनल्यान्डले १८ अंक बनाएको छ । १४ अंक बनाएको ग्रीस तेस्रो स्थानमा रह्यो । १० अंक बनाएको अर्मेनिया पाँचौँ स्थानमा रह्यो । यही समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले लिचेस्टेन्सटेनलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै १३ अंक बनाएको बोस्निया एन्ड हर्जगोभिना चौथो स्थानमा रह्यो भने दुई अंकमा सिमित लिचेस्टेन्सटेन अन्तिममा रह्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर