Aamsanchar

‘म यस्तो गीत गाउँछु २’ को छायाङ्कन सुरु

Author Image
मङ्गलवार, मंसिर ३, २०७६


फिल्म ‘म यस्तो गीत गाउँछु २’ को छायाङ्कन धमाधम भइरहेको छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्मका छायाङ्कनका तस्बिर सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ ।

सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीतमा तयार भएको ‘तिम्रो घरको वरिपरि’ बोलको गीत छायाङ्कनका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गरिएको हो । निर्माण टिमका अनुसार यो गीतको छायाङ्कनका लागि ५ सय कोरस राखिएको छ । गीतमा अस्मिता अधिकारी र सोनम तोप्देनको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरिरहेको यो गीतको भिडियोमा सौरभ लामाको छायाङ्कन छ । झण्डै ७ दिन लगाएर भिडियोको सुटिङ गरिएको हो । शिवम अधिकारीले लेखेको फिल्ममा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर