Aamsanchar

बिर्तामोडमा लागुऔषध दुर्वसन विरुद्ध जनचेतना मुलक अन्तरक्रिया सम्पन्न

Author Image
सोमवार, मंसिर २, २०७६

बिर्तामोड,मंसिर २ । झापाको विर्तामोडमा वीरता लेडी जेसीज र लाईन्स क्लब अफ विर्तामोड लेडीको संयुक्त आयोजना र बिर्तामोड नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने लागुऔषध दुर्वसन विरुद्ध जनचेतना मुलक अन्तरक्रिया
कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।

वीरता लेडी सेजीजकी अध्यक्ष सरु खानल र लाईन्स क्लब अफ विर्तामोडकी अध्यक्ष उर्मिला खरेलको सयुक्त अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेस नम्बर १ का सांसद एकराज कार्किको प्रमुख आतिथ्यतामा रहेको थियो ।

तिन सय भन्दा बढी महिलाको सहभागिता रहेको उक्त कार्यक्रममा अन्तरास्ट्रिय नार्कोनन् अमेरिका दक्षिण पुर्वि एशिया प्रमुख वसन्त राज कुवँरले सहजिकरण गरेका थिए ।

कार्यक्रममा नेपाल उध्धमशिल झापा जिल्ला अध्यक्ष पार्वता खरेल विमली , बिर्तामोड उद्योग बाणिज्य संघका महाचिव प्रसान्त भण्डारी, एविसि नेपाल अध्यक्ष कञ्चना सिटौला , लाईफ लाईन हेल्पग्रुप प्रोग्राम कोर्डिनेटर अर्जुन सग्रौला , विर्तामोड उध्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकास सिवाकोटी , महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, ईनर व्हिलकि अध्यक्ष भुमिका पोखरेल र विर्तामोड नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुल प्रसाद सग्रौलाले लागु औषध दुर्वेशनीले समाजलाई पारेको नकारात्मक र भविस्यमा हुने विकाराल समस्या समाधान गर्न सबै पक्ष लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

मारवाडी  सेवा समितिका निवर्तमान अध्यक्ष सुरेस कुमार भद्रपुरे , चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली ,बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना आचार्य , लाईफलाईन हेल्पग्रुपका प्रोजेक्ट मेनेजर अर्जुन भट्टराई ,सुन्दर सामुदायिक प्रहरी विटका अध्यक्ष उत्तम खनाल ,लाईन्स क्लबका पुर्व अध्यक्ष सत्यनारायण शर्मा उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा ,छठ सेवा समितिका अध्यक्ष घनश्याम चौधरी , वडा सदस्य कविता थापा र राहुल शर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीरता लेडि जेसीजकी उपाध्यक्ष मंन्जु दाहाल न्यौपानेले आस्था वाचन र लाईन्स लेडीकी सीता ढकाल खरेलले राष्ट्रिय झण्डाको अभिवादन वाचन गरेका थिए । कार्यक्रममा स्वागत र औचित्य माथि प्रकास वीरता लेडीकी अध्यक्ष सरु भुर्तेल खनालले र कार्यक्रमको समापन लाईन्स लेडी अध्यक्ष उर्मिला खरेल ले गरेका थिए । कार्यक्रमको संञ्चालन वीरता लेडी जेसीजकी महासचिव शुष्मा पौडेलले गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर