Aamsanchar

झापाको भद्रपुरबाट १७ जुवाडे पक्राउ

Author Image
सोमवार, मंसिर २, २०७६


मंसिर २,झापा । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका–५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका–६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर