Aamsanchar

सरकार एक्सनमा उत्रियो, नोवेल मेडिकल कलेजसहित तीन कलेजमा छापा

Author Image
आइतवार, मंसिर १, २०७६

काठमाडौं :  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवाला व्यक्तिहरुले सञ्चालन गरेको तीन मेडिकल कलेजमा छापा मारको छ ।

आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविनका लागि छापा मारिएको हो ।

नोबल मेडिकल कलेज विराटनगर कांग्रेस नेता शुनिल शर्माको कलेज हो । उनी यसअघि कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवार थिए ।

नेशनल मेडिकल केलज सत्तारुढ नेकपाका नेता बसरुद्धिन अन्सारीले चलाउदैं आएका छन् । उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट वीरगञ्जमा मेयरको उम्मेदवार दिएका थिए । चितवन मेडिकल कलेज कांग्रेस निटक प्रा डा हरिशचन्द्र न्यौपानेले चलाउदैं आएका छन् । । विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ ।

सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरे पछि बढि रकम फिर्ता गर्न सरकारले भनेको थियो तर उनीहरुले नमाने पछि सरकार एक्सनमा उत्रिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर