Aamsanchar

अर्जुनधारामा यौनअखडा संचालन, प्रहरीले गर्यो अपरेशन : आठ युवतीको उद्धार

Author Image
आइतवार, मंसिर १, २०७६

प्रतिकात्मक तस्वीर

बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो ।

यौनअड्डा सञ्चालन गर्ने  सोहि वडाकी शोभादेवि खत्री फरार रहेकी छिन । प्रहरीले उनको खोजीलाई तिब्र बनाएको डिएसपी मोहन थापाले जानकारी दिए । सोहि फ्लाटमा नबस्ने भएकाले उनलाई पक्राउ गर्न सकिएन, प्रहरीले भने । तर, अवश्य पक्राउ गरिने छ ।

उद्धार गरिएका युवतीका अनुसार २ महिनादेखि सो अड्डा सञ्चालन भइरहेको छ । त्यसभन्दा अगाडिको अड्डा बारे जानकारी नभएको प्रहरीलाई बयान दिएका छन् । 

भारतीयसहित पोखरा, धनुषा , उदयपुर र पूर्वी जिल्लाका युवतीलाई राखेर यौन शोषण गर्ने खत्री विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरिएको छ ।
होटलमा हुने यौन व्यवसायमा प्रहरीले कडाई गरेपछि यौन व्यवसाय गर्नेहरु गाउँ पसेको डिएसपी थापाको बुझाई छ । विशेष सूचनाका आधारमा छापा मारिएको यौन अखडामा यौन पिपासुहरुलाई छान्न दिएर युवती पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

जिल्लाको विभिन्न स्थानबाट पुग्ने पुरुषलाई अखडा सञ्चालकले युवतीको तस्वीर देखाएर मोलमोलाई गर्ने गरेकी थिइन्, एक युवती भन्छिन् – त्यसैको आधारमा छानेर लैजान्थे । अखडामा छानेर दमकदेखि काँकरभिट्टासम्म लैजाने गरेको प्रहरीको भनाई छ । त्यसवापत अखडा सञ्चालक खत्रीले एक रातको ७ हजार र एक पटक बसेको ३ हजारसम्म लिने गरेको युवतीले प्रहरीलाई जानकारी दिएका छन् । सञ्चालक खत्रीले ३ देखि ७ हजारसम्म लिए पनि युवतीलाई ५ सय देखि १ हजारसम्म मात्र दिने गरेको खुलेको छ ।

युवतीको भनाई उद्धृत गर्दै प्रहरीले भने, हरेक युवतीहरुले ४० देखि ८० हजार पाउनुपर्ने भनिरहेका छन् । खानबस्न दिएर विना पैसा यौनधन्दामा लगाउने सञ्चालक शोभादेवि खत्रीले डेढ देखि २ महिना बसेपछि युवतीलाई त्रास देखाएर भाग्न बाध्य बनाउने गरेको बुझिएको छ । प्रहरीका अनुसार पैसा दिने बेला भएपछि युवतीलाई त्यसै लेखेको दखिन्छ ।

पक्राउ परेका युवतीलाई भोली माईती नेपालमा जिम्मा लगाएर परिवारको रोहवरमा छोडिने डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर