Aamsanchar

दुर्घममा सरकार पुगेको आभास, १२ गर्भवतीको हेलिकप्टरबाट उद्धार

Author Image
शनिवार, कार्तिक ३०, २०७६


जाजरकोट । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तचापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उनले जानकारी दिए । एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर