Aamsanchar

हिन्दुको मन्दिरमा मुसलमानको स्वास्थ्य शिविर

Author Image
शनिवार, कार्तिक ३०, २०७६

बिर्तामोड, कात्तिक ३० । सामान्यतया मन्दिरमा मुस्लिम र मस्जिदमा हिन्दु धर्मावलम्वी गएको पाइदैन । तर शनिवार दिनभर विर्तामोड नगरपालिका वार्ड न ७ खालबाडी स्थित राधाकृष्ण सामुदायिक भवन (मंदिर)मा मुस्लिम धर्मावलम्विहरुको अहमदिया संघ नेपालले सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

आपसी सहिष्णुताको संदेश प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको निशुल्क होमियोप्याथि स्वास्थ्य शिविरमा मुसलमान भन्दा धेरै हिन्दुले सेवा लिएका छन । बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म आयोजना भएको शिविरमा दुईसय चार जनाले  सेवा लिएका थिए । जसमा मुसलमान समुदायका ३२ र बाकी आर्य हिन्दु समुदाय लगायतका विरामीले सेवा लिएको अहमदिया संघ नेपाल झापाका ईन्चार्ज नासिर अहमदले जानकारी दिएका छन ।

शिविरमा छाला, पायल्स, जोर्नी, पथरी लगाएतका रोगीहरुले हामियोपेथि औषधी निशुल्क लिएका थिए । भारतको पंजावबाट आएका डाक्टर बदर अहमत सहितको ५ जनाको समूह र स्थानिय ४ जना स्वयसेवकको सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

ईश्वर, अल्लाह एकैहुन केवल मान्ने तरिका फरकमात्र हो, कुनै पनि धर्म ग्रन्थले मानव कल्याणको कुरा मात्र गरेको छ त्यसैले हिंसा अन्त्य गर्ने अभियान, अर्कोले मानेको भगवान, गुरुलाई सम्मान गरेमात्र आफूले मानेको अल्लाह, गुरुले सम्मान पाउने महान सोचका साथ दुई सय बाह्र देशमा विश्व शान्ति र भाईचाराको संदेश, फैलाउदै आएको अहमदिया संघले यस अघी नेपालको काठमाण्डौं, विरगंज, इटहरी लगायतका स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरि सकेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)