Aamsanchar

एन्फाको कडाईका कारण चार राष्ट्रिय खेलाडी बर्खास्त

Author Image
शनिवार, कार्तिक ३०, २०७६

काठमाडौँ,कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप सन् २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

बर्खास्तमा पर्ने खेलाडीहरुमा स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनश राजवंशीलाई रहेकाछन । । उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेर खेलाडी आचारसंहिता उलंगन गरेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले नेपालका लागि प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्न बन्चित बनेका छन । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर