Aamsanchar

गीत संगीतमा फरकपन आयाम, सिन्दुर एक पटक मात्र हेर्दा चित्त नबुझन सक्छ

Author Image
शनिवार, कार्तिक ३०, २०७६

काठमाडौं । सोसियल मिडियामा दिनहुँ जसो कभर गित भिडियो अपलोड भईरहदा, वास्तवित गीत संगीतको रसपान गर्न नपाई रहेका श्रोता दर्शकको लागि शुक्रबार यस्तो गीतको म्युजिक भिडियो बजारमा आएको छ, जुन दर्शकले एकपटक होइन, पटकपटक हेर्न बाध्य हुन्छन्, त्यो गीत हो ‘सिन्दुर’ ।

संगीतकार ज्योति प्रकाशको संगीत सिर्जनामा रहेको गीत ‘सिन्दुर’ को म्यूजिक भिडियो हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको छ । यसमा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनले स्वरसँगै भिडियोमा पनि अभिनय गरेकी छन् । यो गीत पत्रकार मधु शाहीले लेखेकी हुन् । शाही नेपाल पत्रकार महासंघ र राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रिय सदस्य हुन् ।

ज्योति प्रकाश आफैंमा राम्रा गायक हुन् । उनी त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत हुन् । २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शो मार्फत आफूलाई गायनमा उतारेका थिए ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए ।

रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरुकै प्रस्तुतिलाई समावेश गरिएको छ । वाद्यवादनको समूहसँगै कलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन् ।

 गीतकार समुन पण्डितले यस गीतको निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर