प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी निजामती कर्मचारी सेवामा नहुने


पत्रपत्रिका

काठमान्डौं : प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई स्थानीय तहका कर्मचारी हुने प्रस्ताव गरेको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललीपप देखाएर प्रदेश र स्थानीय तहमा समायोजन गरिएको गुनासो गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले प्रदेश र स्थानीय तहमा समायोजन भएका कुनै पनि कर्मचारी सन्तुष्ट नभएको बताए । आजको गोरखापत्र दैनिकमा खबर रहेको छ ।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com