Aamsanchar

युवा स्टार सन्दीप लामिछानेले दिल्लीबाटै आईपीएल २०२० खेल्ने

Author Image
शुक्रवार, कार्तिक २९, २०७६

काठमाडौं कात्तिक, २९। आईपीएल टिम दिल्ली क्यापिटलले नेपालका युवा स्टार सन्दीप लामिछानेलाई पुन अनुबन्धित गरेको छ ।

दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै भारतीय खेलाडी छन् ।

सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्‍यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।

त्यसबेला नै दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता गरेको थियो, त्यसैले यो वर्ष पनि दिल्लीबाट खेल्ने भएका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)