Aamsanchar

अर्जुनधारामा ११ वटै वडामा मेलमिलाप संयोजक तोकियो

Author Image
शुक्रवार, कार्तिक २९, २०७६

अर्जुनधारा,कात्तिक २९ । अर्जुनधारा  नगरपालिकाको आयोजनामा गरिएको रिफ्रेसमेन्ट तालिमको समापन भएको छ । नगरपालिकाद्वारा मेलमिलापकर्ताकालागि मंसिर २८ र २९ गते आयोजना गरिएको तालिमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको हो ।

अर्जुनधारानगरका कानुनी सल्लाहाकार तथा अधिवक्ता चित्रकुमार मगर, द्धन्द रुपान्तरणकेन्द्र नेपालकी राष्ट्रिय स्रोत ब्यक्ति संगीता थापाले सहजीकरण गरेको तालिममा सहभागि मध्येका ११ जनालाई नगरको ११ वटा वडामा मेलमिलाप संयोजक तोकिएको नगरकी उप–प्रमुख कमला खतिवडा आर्चायले जानकारी दिइन । कार्यक्रममा तोकिएका मेलमिलाप संयोजकलाई स्टेशनरी सामाग्री समेत वितरण गरिएको थियो ।

उप–प्रमुख खतिवडाको अध्यक्षतामा भएको समापन तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा नगरप्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रमको औचित्यमाथि नगरका प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले प्रकास पारेका थिए । कार्यक्रममा नगर प्रमुख राना, ११ नम्बरका वडाअध्यक्ष भैरब खड्का, ५ नम्बर वडाका वडाअध्यक्ष ध्यानबहादुर भारती लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रममा कार्यपालिका सदस्य दिलमाया दास, सुचना संयोजक सकुन्तला बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य सचिव पुष्पा पौडेलले गरेकी थिईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर