Aamsanchar

आफ्नै हितैषी साथीले दिनसक्छन् धोका

Author Image
शुक्रवार, कार्तिक २९, २०७६


मानिसको सम्बन्ध केवल रगतको मात्र हुँदैन । कुनै–कुनै सम्बन्ध त्यस्ता पनि हुन्छन्, जुन मनसँग जोडिएको हुन्छ । मनसँग जोडिएको सम्बन्ध कहिलेकाहीँ रगतको सम्बन्धभन्दा पनि महत्वपूर्ण र बलियो हुन्छ । मनसँग जोडिएको सम्बन्धहरु मध्ये मित्रताको सम्बन्ध अति नै महत्वपूर्ण र प्यारो हुन्छ । मानिसलाई आफ्नो हरेक कुरा सेयर गर्नका लागि एउटा मित्रको आवश्यकता हुन्छ । जसले उसको हरेक कुरा सुनोस् र उसलाई हरेक क्षण साथ देओस् । त्यस्तो साथी उसलाई सबैभन्दा प्यारो र महत्वपूर्ण हुन्छ ।

विशेष गरेर युवती तथा महिलाहरु आफ्नो मिल्ने साथी समक्ष खुल्ला किताब जस्तै प्रस्तुत हुन्छन् । अर्थात् आफ्नो निजीदेखि गोप्य कुराहरु पनि उनीहरुलाई सुनाउँछन् । उनीहरु आफ्नो साथीलाई आँखा बन्द गरेर भरोसा गर्छन् । यद्यपि, जुन हितैषीलाई भरोसा गरिन्छ । के उनी वास्तवमै भरोसाको लायक छिन् त रु साथी जतिसुकै नजिक भएतापनि केही त्यस्ता कुराहरु हुन्छन् । जुन उनीहरुलाई बताउनु हुँदैन ।

आफ्नो साथीसँग धेरै हाँसो ठट्टा गर्नुपर्छ, रमाउनु पर्छ र कुराहरु पनि गर्नुपर्छ । तर, आफ्नो निजी जिन्दगीको कुराहरु विशेष गरेर यौनजीवनको बारेमा कहिल्यै कुरा गर्नुहुँदैन । आज उनी तपाईंको मिल्ने साथी छिन् । तर, भोलि कुनै कारणले तपाईंहरुबीच मनमुटाव हुनसक्छ । त्यस्तो स्थितिमा उनले तपाईंको निजी र गोप्य कुराको गलत फाइदा उठाउन सक्छिन् ।

युवतीहरु साथीलाई आफ्नो प्रेमीसँग सम्बन्धित हरेक कुरा बताउँछन् । उसको र आफ्नो सम्बन्धको बारेमा हरेक कुराको जानकारी साथीलाई दिने गर्छन् । यहाँसम्मकी विवाह अगाडि नै प्रेमीसँग भएको यौनसम्बन्धको बारेमा समेत सबै कुरा बताउँछन् । के यो कुरा पनि बताउन आवश्यक छ रु कुनै कारणले तपाईंको विवाह त्यो पुरुषसँग भएन भने त्यो कुरालाई लिएर तपाईंकी साथीले तपाईलाई बदनाम पनि गर्न सक्छिन् ।

केही युवतीहरु त आफ्ना प्रेमीहरुको अति नै निजी र अन्तरंग क्षणहरुको फोटो अथवा भिडियो समेत आफ्ना साथीलाई पठाउने गर्छन् । त्यसो गरेर उनीहरुले आफ्नो खुट्टामा आफैंले बन्चरो हानिरहेका हुन्छन् ।

खुलेर चर्चा गर्नु हुँदैन

विवाहित महिलाहरुलाई पनि कोही न कोही त्यस्तो साथीको आवश्यकता हुन्छ । जसलाई आफ्ना सबै कुराहरु सुनाउन सकियोस् । तर, कहिलेकाहीँ त्यही साथीले तपाईंको पछाडि तपाईंलाई नै हाँसोको पात्र अथवा तपाईंको खिल्ली उडाउने गर्छिन् । तपाईंको घरगृहस्थीको सामान्य कुरा भन्न कुनै समस्या हुँदैन । तर, अति व्यक्तिगत, गोप्य विशेष गरेर श्रीमान्(श्रीमतीको यौन सम्बन्धको कुरा खुलेर चर्चा गर्नु राम्रो होइन । यो तपाईं र तपाईंको श्रीमानबीचको गोपनीयताको उलंघन हो ।

केही नजिकका साथीहरु धेरै चतुर हुन्छन् । जसले तपाईंसँग तपाईंको जिन्दगीको गोप्य कुराहरु ओकल्न लगाउँछन् । तर, आफ्नो बारेमा केही पनि भन्दैनन् । तपाईं उसलाई आफ्नो सम्झेर सबै कुरा भन्नुहुन्छ । तर, उनले तपाईंलाई आफ्नो जिन्दगीको त्यति मात्र कुरा भन्छिन् जति उनलाई भन्नुपर्छ जस्तो लाग्छ । अर्थात् आफ्नो गोप्य कुरा लुकाएर अरुको कुरा थाहा पाउन उनीहरुलाई रुचि हुन्छ ।

कामकाजी युवती अथवा महिलाहरु आफ्नो हाकिम, समकालीन, सहकर्मीहरु आदिसँग सम्बन्धित कुरा पनि आफ्नो मिल्ने साथीलाई बताउँछन् । अफिसमा कसको कोसँग चक्कर चलेको छ अथवा हाकिम उसँग कति घनिष्ठ अथवा नजिकको सम्बन्ध छ भन्ने जस्ता सम्पुर्ण कुरा साथीलाई सुनाउने गर्छिन् ।

जुन कुरा एउटा युवतीले आफ्नी आमालाई अथवा महिलाले आफ्ना श्रीमान्लाई बताउँदैनन् । ती कुराहरु समेत आफ्नी साथीलाई सजिलै बताउनुको कारण के हो रु के उनी आमा अथवा श्रीमान्भन्दा पनि विश्वसनीय अथवा हितैषी छिन् त ?

मिल्ने साथीसँग कुनै विषयमा विचार(विमर्श गर्नु अथवा उनको सल्लाह लिनु र सल्लाह बमोजिम गर्नु अर्को कुरा हो । तपाईंले आफ्नो साथीसँग सल्लाह अवश्य गर्नुपर्छ । तर, त्यति मात्र गर्नुपर्छ, जति तपाईंलाई उचित लाग्छ । किनभने कुनै निर्णय त्यस्ता हुन्छन्, जसमा यदि गलत भयो भने जिन्दगीभरी पछुताउनु पर्छ ।

निजी कुराहरु अरुलाई सुनाउनु हुँदैन

केही युवतीहरु केवल आफ्नो प्रेमीसँग भएको यौनसम्बन्धको कुरा मात्र गर्दैनन् । उनीहरुले गर्भपतन गराएको छ भने त्यसका बारेमा पनि जानकारी दिन्छन् । केही युवतीहरु खुल्ला विचारका हुन्छन् र यौन स्वच्छन्दतामा विश्वास राख्छन् । त्यस्ता युवतीहरुको धेरै पुरुषहरुसँग यौन सम्बन्ध राख्न सक्छन् । यदि उनीहरुले आफ्ना त्यस्ता गोप्य कुराहरु साथीसँग भन्छन् भने आफ्नो नै अहित गर्छन् ।

केही महिलाहरु आफ्नो मिल्ने साथीलाई आफू र आफ्नो श्रीमानको विवाहेत्तर सम्बन्धको बारेमा बताउँछन् । त्यसरी उनी आफ्नी साथीलाई राजदार बनाउँछिन् । तर, साथीले कहिले र कहाँ त्यस्तो गोप्य कुरा खोलिदिन्छिन् । त्यो कसैलाई थाहा हुँदैन । त्यस्ता कुराहरुले तपाईं भविष्यमा जुनै समय पनि समस्यामा पर्न सक्नुहुन्छ ।

नाटक र देखावटी

जब मिल्ने साथीसँग सम्बन्ध टुट्छ । उनले तपाईंको विगतको जिन्दगीलाई लिएर ब्ल्याकमेल गर्न सक्छिन् । किनभने तपाईंको सबै गोप्य कुरा प्रमाण सहित उनलाई थाहा हुन्छ । जसलाई तपाईंले चाहेर पनि नकार्न सक्नुहुन्न ।

केही युवतीहरु हितैषी भएको नाटक अथवा देखावटी गर्छन् । तर, उनीहरुको मनमा शुरुदेखि नै छलकपट हुन्छ । उनीहरु आफ्नो चालमा सफल हुन्छन् र यसको बारेमा तपाईंलाई थाहा समेत हुँदैन । तपाईंले थाहा पाउँदा धेरै ढिला भइसकेको हुन्छ । साथी बनेर पछाडिबाट छुरा रोप्ने युवती अथवा महिलाहरुको कमी छैन ।

सुरुमा उनले तपाईंको विश्वास जित्छिन् । जब तपाईंलाई उनीप्रति भरोसा हुन थाल्छ । त्यसपछि उनले तपाईंको जिन्दगीको सम्पूर्ण किताब पढ्न थाल्छिन् । जसबाट कहिले र कुन पन्नालाई एउटा हतियारको रुपमा प्रयोग गर्छन्, त्यो कुरा तपाई कल्पना पनि गर्न सक्नुहुन्न ।

साथी बनाउनुपर्छ

केही साथीहरुलाई विशेष दर्जा पनि दिनुपर्छ । तर, आँखा बन्द गरेर उनीहरुमा भरोसा गर्नु बुद्धिमानी होइन । त्यसको अर्थ कसैमा पनि भरोसा अथवा विश्वास नगर्नु भन्ने होइन अथवा हरेक साथीलाई शंकाको दृष्टिकोणले हेर्नुपर्छ भन्ने पनि होइन । तर, आफ्नो साथीसँग गोप्य कुराहरुलाई सेयर नगर्नु बुद्धिमानी हुन्छ भन्ने हाम्रो उद्देश्य हो । जसले तपाईंको मित्रताको नाजायज फाइदा उठाउन नसकोस् ।

केही कुरा त्यस्ता हुन्छन् । जुन तपाईं र तपाईंको प्रेमी अथवा श्रीमान्–श्रीमतीबीच सीमित रहनुपर्छ । यदि तपाईं साथीलाई सबै गोप्य कुरा बताउनुहुन्छ भने तपाईंको प्रेमी अथवा श्रीमानको भरोसा तोड्नु बराबर हो । यो राम्रो कुरा होइन ।

कुनै रहस्यहरु त्यस्ता हुन्छन् । जुन जिन्दगीभरी रहस्य नै बनिरहृयो भने राम्रो हुन्छ । अन्यथा जिन्दगीमा ठुलो उथलपुथल मच्चिन सक्छ । त्यसैले तपाईंले आफ्ना केही गोप्य कुराहरु आफ्नो साथीलाई पनि बताउनुहुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर