Aamsanchar

नेपाली वैज्ञानिक भए अमेरिकामा सम्मानित

Author Image
शुक्रवार, कार्तिक २९, २०७६


डिसी । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा। सतिशचन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् ।

उनी इन्टेल संस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन ९संस्था०ले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् । यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान र आविष्कारहरूले नयाँ र उदाउँदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा। झा वायरलेस सञ्चार सञ्जाल र प्रविधिको क्षेत्रमा विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता मानिन्छन्।

उनको ११० भन्दा बढी आविष्कारहरू अमेरिकामा प्याटेन्टको रूपमा दायर र स्वीकृत भएका छन् ।
। डा झाले सन् २००४ मा त्रिभुवन विश्वविद्यालयबाट बिई गरेका हुन् भने उनले सन् २००७ मा एआइटी थाईल्याण्डबाट ईञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका हुन् । सन् २००७ मा फ्रान्सबाट सञ्चार अन्तर्जाल तथा सेवामा एमएससी गरेका छन् । यसको साथै सन् २०१३मा क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयबाट ईसीईमा विधावारिधि गरेका छन् ।

हाल उनि वरिष्ठ अनुसन्धान बैज्ञानिकको रुपमा अमेरिकाको बिश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत छन् ।
उनी ५ जी सेलुलर मोबाइलको अनुसन्धान लगायत अन्य महत्वपूर्ण अनुसन्धानमा संलग्न छन् । उनले यसको अतिरिक्त फ्रेन्च क्षेत्रीय कर्पोरेसन फेलोशिप २००७, थाइल्यान्डमा दि आओयागी पुरस्कारद्वारा सबैभन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन पुरस्कार बाट सम्मानित भएका छन् ।

सन् २००५ मा थाईल्याण्डका राजा द्वारा राखिएको एसियाको लागि शैक्षिक छात्रवृति प्राप्त गर्नुको साथै सन् २००७ मा नेपालका राष्ट्रपतिद्वारा नेपाल विद्याभुषण प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)