Aamsanchar

इलामको चियाले विश्वको ध्यान खिच्यो, २३ मुलुकको एकसय ९१ नमुनालाई उछिन्नदै गोल्ड अवार्ड प्राप्त

Author Image
बिहिवार, कार्तिक २८, २०७६

काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।
इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो । नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार राजधानीमा एक कार्यक्रम गरी गोल्ड तथा सिल्भर अवार्ड नेपाली उद्योगीलाई हस्तान्तर गरेको छ ।

चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट संकलन गरेको एक सय ९१ प्रकारका चियाको नमुनाबाट नेपाली चियालाई अवार्ड प्रदान गरेको हो । बोर्डले नेपालमा उत्पादन हुने विभिन्न प्रकारको चियाको नमुना संकलन गरी चीनको उक्त संस्थालाई उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)