Aamsanchar

गायनमा बलियो सम्भावना बोकेका बलबहादुरलाई जिताउन अपिल

Author Image
बुधवार, कार्तिक २७, २०७६

बिर्तामोड । प्रतिभा भएर पनि भोटका कारण धेरैले सफलता हासिल गर्नबाट बन्चित भएको धेरै उदाहरणहरु छन । हालै हिमालयन टेलिभिजनमा प्रशारण भई रहेको रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ मा पनि प्रतिभाको छनौट भोट अथवा पैषाले  गरिने भएको छ । लामो समयदेखि गित संगितमा लागिपर्दै आएका गायनमा बलियो सम्भावना बोकेका झापाका एक सामान्य परिवारका बलबहादुर राजवंशी १२औं स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन । उनलाई जिताउन देश विदेशमा रहेका संगित प्रेमीहरु लागिपरिरहेको अवस्थामा कोचिला गाभुर फ्रन्ट केन्द्रीय सामाजिक संस्थाले पनि राजवंशीलाई भोट दिन अपील गरेको छ ।

संस्थाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भोटिङ राउण्ड शुरु भएकाले प्रतिष्पर्धी राजवंशीलाई भोट गर्न आह्वान गरेको हो । झापाको गौरादह गाउँपालिकाका स्थायी बासिन्दा बल बहादुर निर्णायक तथा प्रशिक्षक प्रमोद खरेलको टिममा परेका छन् । उनले गायन यात्रा शुरु गरेको एक दशक भइसकेको छ । राजवंशीले वेदना ४ एल्बम पनि निकालिसकेको बताईएको छ।

झापामा २२ वटा उपसमिति गठन गरी आफ्नो आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्दै भोटिङ गर्ने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर