Aamsanchar

अर्जुनधाराको पग्ला खोलामा बन्यो पक्की पुल

Author Image
बुधवार, कार्तिक २७, २०७६

पुल उदघाटन गर्दे नगरप्रमुख राना ।

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका वडा नं। ३ स्थित पग्ला पुलको उद्घाटन गरिएको छ । मङ्लबार एक कार्यक्रमका बीच प्रदेश सांसद बृख प्रधान र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पुलको उद्घाटन गरेका हुन् ।

पग्ला पुल निर्माणका लागि प्रदेश सांसद कोषबाट ११ लाख, अर्जुनधारा नगरपालिकाबाट २१ लाख र स्थानीय जनश्रमदानबाट ४ लाख ६ हजार ७६६ गरी कुल ३६ लाख ६ हजार ७६६ रुपैयाँको कुल लागतमा पुल निर्माण गरिएको पग्ला पुल उपभोक्ता समितिका अध्यक्ष जयनारायण आचार्यले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि सांसद प्रधानले पुल निर्माण समिति, स्थानीय उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण सस्तो लागतमा पुल निर्माण गर्न सफल भएको भन्दै निर्माण समितिको प्रंशसा गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका ३ वडाध्यक्ष जीवनकुमार भण्डारी, कार्यपालिका सदस्यहरु होम दुलाल, सीताराम भट्टराई, दिलमाया दास, निर्मलादेवी घिमिरे, खिनमान दास, स्थानीय अगुवा नरबहादुर कन्दङ्वा, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिब्यप्रसाद कट्टेल, शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडालगायत उपस्थित थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर