Aamsanchar

गुरु नानक जयन्ती, को हुँन त नानक

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६

आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ मनाउने गर्दछन् ।

संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिब्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।

कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई असा दि भारु भनिन्छ । यस्ता भेलाहरुलाई अमृत भेलाु भनिन्छ र अमृत भेलाु पछी लगांरुु अर्थात निस्शुल्क सामूदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलाई त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ुगुरु ग्रन्थ साहिबुको ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई अखण्डपथुु भनिन्छ ।

यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु आदिको प्रदर्शन र त्यससंग सम्बन्धित आत्मरक्षामा आधारीत पारम्परीक खेल देखाइने गरिन्छ ।

रात्रिकालिन भजनकिर्तनलाई रहरास साहिब पाठु भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गकासाथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।

नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ ।

यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समूदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर