Aamsanchar

‘लभ डायरिज’मा सुशिलसँग प्रिन्सी र प्रिज्मा

Author Image
सोमवार, कार्तिक २५, २०७६


नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘लभ डाइरिज’को एक गीतको छायांकन सकिएको छ । हायात होटलमा खिचिएको ‘छम छम छम’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । अर्जुनकै शब्द रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर सुन्न सकिन्छ ।

प्रविण सिंहको करियोग्राफीमा खिचिएको यो भिडियोमा सुशिल र चलचित्रकी मुख्य नायिका रुविना थापासँगै टिकटकबाट चर्चामा आएका दिदीबहिनी प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा र कमला घिमिरेको अभिनय छ । गीतको भिडियोलाई संजय लामाले खिचेका छन् ।

सामाजिक संजालमा प्रिन्सी–प्रिज्मा र कमलाको फलोअर्स राम्रो छ । उनीहरुलाई चलचित्रको गीतमा अभिनय गराएर चलचित्रको प्रचार–प्रसारमा सहयोग हुने निर्माणपक्षको विश्वास छ । गीतको छायांकनसँगै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र अब प्रेमदिवसलाई लक्षित गर्दै फागुणको २ गतेबाट रिलिज हुनेछ । चलचित्रको प्रदर्शन मिति यसअगाडि बारम्बार सर्दै आएको थियो ।

सौरभ चौधरीको निर्देशनमा बनेको लभ स्टोरी चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ । साहिल खान एसोसिएट निर्देशकका रुपमा रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । चलचित्रमा सरोज तुलाधर सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)