Aamsanchar

बिर्तामोडमा सिस्नुपानी नेपालको प्रस्तुती, कर नतिर्ने र भ्रष्टचार गर्नेलाई भतभती पोल्ने बनाए कलाकारले

Author Image
आइतवार, कार्तिक २४, २०७६

 

प्रमुख अतिथि ईन्द्र आङवो र सिस्नुपानी नेपालका कार्यक्रम संयोजक टंक आचार्यलाई मायाँको चिनो प्रदान गर्दै कार्यक्रमका अध्यक्ष एवं आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख वोलराज आचार्य ।

चारपाने, कत्तिक २४ । आन्तरिक राजस्व विभाग काठमाण्डौंको आयोजना आन्तरिक राजस्व भद्रपुरको संयोजन र झापाका उद्योग बाणिज्य संघहरुको सहकार्यमा करमैत्री यात्रा कार्यक्रम बिर्तामोड उद्योग बाणिज्य संघको अतिथि सदनमा सम्पन्न भएको ।

सिस्नुपानी नेपालको प्रस्तुती रहेको करमैत्री यात्रा औपचारिक कार्यक्रम आन्तरिक राजस्व भद्रपुरका प्रमुख वोलराज आचार्यको अध्यक्षतामा भएको थियो, उक्त कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङवोको प्रमुख आतिथ्यता रहेको थियो ।

हास्य व्यङयको माध्ययमबाट भ्रष्टचारको कडा आलोचक खबरदारी बनेर जनमानसमा लोकप्रिय बनेको संस्था सिस्नुपानी नेपालको तर्फवाट मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरे लगायतको प्रस्तुती रहेको थियो । कलाकारहरुले निकै चोटीला, गहकिला र झस्काउने खालको सब्द प्रस्तुती पस्केका थिए ।

व्यङय प्रस्तुत गर्दै कलाकार मनोज गजुरेल ।

कार्यक्रममा बिर्तामोड, दमक, मेचीनगर, कनकाई,अर्जुनधार, बुद्धशान्ति उद्योग बाणिज्य संघका पदाधिकारी, नेपाल राष्ट्रियवाणिज्य संघ झापा र बिर्तामोड नगर कमिटीका पदाधिकारी त्यसैगरी प्रदेश सांसद ओम सरावगी, जिल्ला समनवयन झापाका प्रमुख सोमनाथ पार्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौला, जिल्ला प्रहरी झापाका प्रमुख दिनेश मैनाली, ससस्त्र प्रहरी वल झापाका प्रमुख रेशमकुमार थाम्जुहाङ, उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य उमेश डालमिया, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सदस्य भिष्मराज खरेल, श्रीनाथ गण चारआलीका गणपति मुकाहाङ याक्थुम्वा, उद्योग बाणिज्य प्रदेश सदस्य कुमार पोखरेल, बलराम कार्कीको आथित्यता रहेको थियो । त्यसैगरी मेची भन्सारका प्रमुख टंक अर्याल, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।

अभिनय, गित, कविता द्वारा कलाकारहरुले कर सम्बन्धी सचेतना र खबरदारी सामाग्री प्रस्तुत गरेका थिए । पाँच सय भन्दा धेरैको उपस्थिती रहेको थियो । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन  बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव प्रसान्त भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर