Aamsanchar

मेगा कम्पेल्क्स बम्पर उपहार घोषणा

Author Image
शनिवार, कार्तिक २३, २०७६

बक्सा खोलेर कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि सञ्जिव घिमिरे ।

चारपाने, कात्तिक २३ । बिर्तामोड स्थित मेगा कम्पेल्क्स व्यवसायीले संचालन गरेको मेगा कम्पेल्क्स बहार दशै, तिहार, छठ बम्पर उपहार आज एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ । दुई हजार माथीको सामान खरिद गर्ने ग्राहकलाई एक वटा कुपन उपलब्ध गराईएको थियो । उक्त कार्यक्रम अन्तरगत ११ हजार कुपन बिक्री गरिएको समितिले जनाएको छ ।

मेगा कम्पेल्क्स व्यवसायी समितिका अध्यक्ष नारायण कोईरालाको अध्यक्षता र बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य सञ्जिव घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम मार्फत ७ वटा पुरस्कार अन्तरगत १३ जनाले पुरस्कार प्राप्त गरेका छन ।

सान्तवना सातौ पुरस्कार आईरन विजेताहरु संजय साह, नरमाया थापा, प्रज्वल गुरुङ, सम्शेरबहादुर श्रेष्ठले प्राप्त गरेका छन । छैठऔं पुरस्कार फेन रहेको छ उक्त पुरस्कार निरज भट्टराई, निशा उप्रेती र जतिन वैधले प्राप्त गरे । पाचौं पुरस्कार राईसकुकर रहेको थियो, उक्त पुरस्कार निसान्त उप्रेती, दिवासा थपलियाले प्राप्त गरेका छन । त्यसैगरी चौथो उपहार सूर्येदय सहकारीले प्रायोजन गरेको स्मार्ट मोवाई बिर्तामोडका अर्जुन चुडालले प्राप्त गरे, तेस्रो पुरस्कार परिचय आवसले प्रायोजन गरेको रेफ्रिजेनेटर ( फ्रिज) भिम दुलालको प्राप्त गरेका छन, त्यसैगरी दोस्रो पुरस्कार शिवम् हाउजिङले प्रायोजन गरेको ल्यापटप गंगा लिम्बुको भाग्यमा परेको छ । आयोजकको तर्फवाट राखिएको प्रथम पुरस्कार यामाहाको स्कुटर जित्ने भाग्यमानी ग्राहक झापा बुद्धशान्तिका उमानाथ पोखरेल बन्न सफल भएका छन ।

उपहार घोषणा पस्चात सामुहिक तस्वीरमा आयोजक समिति पदाधिकारीहरु ।

विगत बर्ष देखिनै उपभोक्ताको हितका लागि सुरु गरिएको पुरस्कार मेगा कम्पेल्क्सको एक आर्कषण कार्यक्रम बन्ने गरेको छ ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य राजकुमार साह, मेगा कम्पेल्क्स व्यवसायीे संचालन समितिका उपाध्यक्ष दुर्गा थपलिया, सचिव राजेन्द्र विमली, शिवम् हाउजिङका संचालक मनोज प्रसाई, शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउत, प्रहरी, संचार कर्मी र सयको संख्यामा रहेका सर्वसाधारणकोे रोहवरमा पुरस्कार घोषणा गरिएको थियो । ११ हजार कुपन मध्ये १३ वटा कुपन दृष्टी विहिन सरन सुब्बाले बक्साबाट निकालेका थिए । कार्यक्रमको संचालन सहसचिव रमेश परियारले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)