Aamsanchar

नेशनल लाईफ ईन्स्योरेन्सबाट २० अभिकर्ता सम्मानित

Author Image
शनिवार, कार्तिक २३, २०७६

चारपाने, कात्तिक,२३ । झापाको बिर्तामोडमा रहेको नेशनल लाईफ ईन्स्योरेन्स शाखा कार्यालयले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अभिकर्ता कार्यक्षमता तालिमको समापन साथै आफ्ना कम्पनीमा आवद्ध ईन्सोरेन्स अभिकर्ताहरुलाई सम्मान तथा प्रोत्साहान गरेको छ ।

बिर्तामोड शाखाका प्रमुख कोमलबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि भट्टराई विशेष अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, अध्यक्ष बुढाथोकीले प्रमाण पत्र प्रदान र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

विमा व्यवसायलाई माथी उठाउन सक्रिय र अनुसासित बनेर काम गर्ने २० जना उत्कृष्ट अभिकर्ता र तिन विधामा सर्वोकृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनहरुमा संजाल कोड तर्फवाट उत्कृष्ट १० जनामा क्रमस. एक नम्बरमा दिपा ओली, शेखर शर्मा गुरागाइँ, अनन्तराम ओली, आशा पोखरेल, वन्धुकुमार निरौला, तुलसीप्रसाद निरौला, कमल बास्तोला, विद्या गौतम, डिल्ली खरेल र १० औं नम्बरमा पर्न सफल तुलसी काफ्ले सम्मानित भएका थिए ।

त्यसैगरी व्यक्तिगत कोड तर्फबाट १० जनालाई सम्मान गरिएको थियो सम्मानित हुनुहुनेमा प्रथम अनन्तराम ओली त्यसैगरि क्रमस् कमल बास्तोला, डिल्ली खरेल, तुलसी काफ्ले, चन्द्रबहादुर कार्की, निर्मला पोखरेल, दिलिप खतिवडा, दीपा ओली, शेखर शर्मा गुरागाइँ र प्रदिपकुमार पुरी रहनु भएको थियो । व्यक्तिगत तर्फवाट प्रदेश १ मै सर्वोकृष्ट बन्न सफल अनन्तराम ओली, दोस्रो कमल बास्तोला र संजाल कोडबाट सर्वोकृष्ट प्रदेश १ वाट पहिलो र देश भरिबाट छैठऔं बन्न सफल दिपा ओलीलाई थप सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुमार भट्टराईले विमा कम्पनी भनेको देशलाई आर्थिक संचय गर्न सघाउने संस्था हो र विमाले हजारौं नागरिको आर्थिक, भौतिक सुरक्षा गर्दे आएको छ, यस्ता कम्पनीलाई राज्यले संरक्षण, सुरक्षा र स्वतन्त्र रुपमा कामगर्ने वातावरण तयार पारिदिनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी विशेष अतिथि एकराज गिरी, दमक शाखा चिफ बिजनेस मेनेजर अर्जुन राई, वरिष्ठ अभिकर्ता चुडामणी सुवेदी, सम्मानित व्यक्तीको तर्फवाट दीपा ओली, अनन्तराम ओली लगायतले मन्तव्य राखेका थिए ।
बिर्तामोड शाखा प्रवन्धक कमलबहादुर बुढाथोकीले कार्यक्रमको उदेश्य र औचित्यमाथी प्रकास पारेका थिए भने स्वागत मन्तव्य वरिष्ठ अभिकर्ता दिनेश पोखरेलले गरेका राखेका थिए ।

कार्यक्रमलाई भव्य र आनन्दयमयी बनाउन नृत्य र गायन पनि प्रस्तुत गरिएको थियो । स्थानिय गायक ह्यारी रुपाखेतीले पुराना गजल गाएका थिए भने सिद्धिका बरालले पनि गित पस्केकी थिईन, प्रनिशा घिमिरेले नृत्य प्रस्तुत गरेकीे थिईन, त्यसैगरी मेरोदेश शिर्षकमा प्रभा उप्रेतीले कविता बाचन गरेकी थिईन । कार्यक्रमको संचालन संचारकर्मी स्वस्तिका आचार्यले गरेके थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)