Aamsanchar

झापाका बिकास लाईभ राउण्डमा, यसरी गर्छन भोट अपिल

Author Image
शनिवार, कार्तिक २३, २०७६

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका वडा नं. १ का विकास लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्डमा प्रवेश गरेका छन् ।

टिम दिपमा रहेका लिम्बुले लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । उनले गायक प्रेमधोज प्रधानका गीत ‘घुम्तीमा नआउ है‘’ प्रस्तुत गरेका थिए । विकासको सो प्रस्तुतिले सबै जर्जहरु र उपस्थित दर्शकहरुको औधी तालीको साथ पाएको थियो ।

झापाको खुदुनावारीमा जन्मिएका विकास । झापा र काठमाडौंमा ७ वर्षदेखि सांगीतिक क्षेत्रमा रहदै आएका उनी आफ्नो सांगीतिक यात्रामा सिनियर उदय सोटाङ र मनिला सोटाङसँग सहकार्य गर्दे अघी बढदैछन ।

श्री सिंहदेवि माध्यमिक स्कुलमा कक्षा–१० सम्मको अध्ययन पश्चात् shanischare high school बाट +2 गरेका विकासलाई सबैलाई भोट गरिदिन आफ्नो फेसबुक पेजबाट अनुरोध गरेका छन् । बिकासलाई भोट गर्न नेपालमा रहनुभएका दर्शकहरुले मोबाइलको म्यासेन्टरमा गई 04 टाइप गरी ३७००० सेन्ड गर्नुपर्ने हुन्छ । यस्तैगरी कतारमा रहनुहुनेहरुले 04 टाइप गरी ९२३००० र इन्डियाबाट 04 टाइप गरी ५३०१० मा सेन्ड गरी भोटिङ गर्न सकिनेछ । यस्तै प्रभु पे डाउनलोड गरी अनलाइनबाट पनि भोट गर्न सकिनेछ । भोटिङ लाइन शुक्रबारबाट खुला हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)