Aamsanchar

‘व्यापार कर्मचारी संघ’ को दोश्रो राष्ट्रिय अधिवेसन हेटौडामा

Author Image
शुक्रवार, कार्तिक २२, २०७६


नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको दोश्रो राष्ट्रिय अधिवेसन हेटौडामा शुक्रवार शुरु भएको छ । सातवटै प्रदेशका असि भन्दा बढी प्रतिनिधि सम्मिलित अधिबेसनको उद्घाटन गर्दै युनियन नेटवर्क इन्टरनेश्नल नेपाल काउन्सिलका अध्यक्ष शंकर लामिछानेले रोजगारदाता र कर्मचारी वीच पारस्परिक निर्भरता हुनु पर्नेमा जोड दिनुभयो ।

श्रम क्षेत्रको स्वतन्त्र संगठनको रूपमा परिचित युनिकम नेपालले सामाजिक सम्बाद र सामुहिक सौदाबाजी मार्फत विद्यमान श्रम ऐन को प्रभावकारी कार्यान्वयन गरिनु पर्ने वताउदै उहाले उद्योग , प्रतिष्ठान मा एकापसको विश्वास वढाउन’ पर्ने धारणा पनि राख्नु भयो ।
य’निकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन शत्रमा नेपाल उद्योग वाणिज्य महासघ का केन्द्रिय सदस्य राज कुमार न्यौपानेले श्रम र श्रमिक कुनै दल बिशेसको हुन नहुने वताउनु भयो ।

सवै श्रमिक र कर्मचारी का लागि एउटै ट्रेड युनियन काफी हुने वताउदै उहाले मजद’र र रोजगारदाता विचको सम्वन्ध सुमधुर भए मात्रै उद्योग व्यवसाय फस्टाउने धारणा राख्नु भयो ।
कतिपय श्रम ऐन र सामाजिक सुरक्षा कोषले साना व्यवसायी त्रसित भएको औल्याउदै न्यौपानेले उद्योग व्यवसायलाई र्विगकरण गर्न’ पर्ने आवस्यकता औल्याउनु भयो । शनिवार केन्द्रिय समितीको नया नेतृत्व चयन गर्दै समापन हुने युनिकमको अधिवेशनमा ट्रेड युनियनका अभियन्ता वम बहादुर डी सी ,उद्योग वाणिज्य महासघका प्रदेश एकका सदस्य बलराम कार्की ,चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष विजय श्रेष्ठ ,नेपाल ट्रेड युनियन कांग्रेसका याम बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैविच अधिवेशनमा सहभागी सवै जिल्लाका प्रतिनिधिहरु लाई सामाजिक संवाद र सामुहिक सौदाबाजीको विसयमा प्रशिक्षण प्रदान गरिएको छ ।
नेतृत्व विकाश गर्दै आ आफ्ना क्षेत्रमा विद्यमान श्रम ऐन र सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका निमित्त सहभागीहरु लाई प्रशिक्षण प्रदान गरिएको युनिकम नेपालका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
युनिकम नेपाल मकवानपुरका अध्यक्ष दामोदर पाठकले स्वागत गरेको कार्यक्रमको औचित्य माथि केन्द्रिय उपाध्यक्ष एल एन दाहालले प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)