Aamsanchar

इटहरीका दीपक मम बेचेर बने करोडपति

Author Image
शुक्रवार, कार्तिक २२, २०७६


इटहरी । दैनिक हजारौंको सङ्ख्यामा युवाहरू मुलुक छोडिरहेका छन् । देशमा रोजगारीको अवस्था नहुँदा बाध्यताबस मुलुक छोड्न पुगेका युवाहरू रहरले भने कदापि बाहिरिइरहेका छैनन् । थोरै मात्र पनि अवसर हुने हो भने स्वदेशमै केही गर्न चाहन्छन् । यसैको उदाहरण हुन् इटहरीका दीपक पोखरेल । अहिले धेरै युवाहरूको उदाहरण बनेका छन् दीपक ।

मम अहिलेको सस्तो र लोकप्रिय खाजा हो । सस्तो र स्तरीय खाजाको रूपमा मम को व्यापार फस्टाउन थालेको छ । इटहरीमा पनि मम पसल छ्यापछ्याप्ती छन् । तर, इटहरीमा बफ झोल ममको ब्राण्डले चलेका मम पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । इटहरीमा उनको पसलमा नछिर्नेहरू कमै होलान् ।

आरसिटि मार्केटभित्र सानो ठाउँमा २०६१ सालमा खोलिएको चिप एण्ड बेष्ट मम पसल अहिले इटहरीमै सबैभन्दा धेरै चल्छ । १ लाखको लगानीमा शुरु गरेको मम पसल अहिले लाखांै रुपैयाँ मासिक कमाउने मम पसल बनेको छ । चिप एण्ड बेष्टका सञ्चालक दीपक पोखरेल मम पसलबाट नै करोडपति बनेका छन् ।

मोरङको इटहराबाट इटहरी आएका पोखरेल अहिले व् यवसायमा मज्जाले जमेका छन् । स्वादिलो मम भएकै कारण पोखरेलको व्यापार फस्टाएको छ । अहिले दैनिक ५ सय प्लेट मम बिक्री हुँदै आएको उनी बताउँछन् । १० जनालाई रोजगार दिएर व्यवसाय गर्दै आएका पोखरेल भन्छन् खटाइ मेरो ज्यादा छ । ९० रुपैयाँ प्रति प्लेट मम बेच्दै आएको बताउँदै पोखरेलले भने मेहेनत गरे यहीँ राम्रो कमाउन सकिन्छ ।

सानो पूँजीबाट खुलेको मम पसलहरूले दैनिक लाखौंको व्यापार गरिरहेका छन् । ठूलोे पूँजी नचाहिने सानै लगानीबाट पनि खोल्न सकिने भएकाले इटहरीमा चोकैपिच्छे मम पसलहरू खुलिरहेका भेटिन्छन् । तीमध्ये बढी चल्ने मम पसलहरू मध्ये मेरै पर्ला उनी भन्छन् । थोरै पैसामा सुरु गर्न सकिने व्यवसाय भएकोले उनले नक्सालमा मम पसल खोलेको थिए । त्यतिबेला एउटा फ्रिज किन्न नसकेको अनुभव सुनाउँदै भन्छन् आज मसँग ८ वटा फ्रिज छन् ।

बफ झोल ममको नामले परिचित यो पसलमा पनि ग्राहकहरूको उत्तिकै भीड लाग्छ । प्रति प्लेट ९० रुपैयाँमा पाइने यहाँको मम १६ वर्षदेखि ग्राहकले मन पराइरहेका छन् । भारतको कोलकत्तामा होटल ट्रेनिङ लिएर आएको अहिले काम दिएको छ, उनी भन्छन् ।

यी पाँच पसलको बिक्रीले काठमाडौंमा मम पसलको सुनौलो सम्भावनालाई उजागर गरेको छ । मम पसल त्यस्तो व्यवसाय हो जसमा थोरै लगानीबाट मनग्गे आम्दानी गर्ने अवसर छ,उनी भन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर