Aamsanchar

पाथीभरा अटो लिङ्क बिर्तामोडमा महानायक हमाल

Author Image
बुधवार, कार्तिक २०, २०७६

टिभिएस मोटरसाईल र्यालीको उद्घाटन गर्दै महानाय राजेश हमाल सहित कलाकारहरु ।

बिर्तामोड , कात्तिक २० । नेपालका लागि टिभिएस टु ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्सको सक्रियतामा आयोजना गरिएको टिभिएस अपाचे सप्तरंग सिरिज २ को प्रवद्धन गर्न बिर्तामोडमा टिभिएस अपाचे मोटरसाइकल र्याली आयोजना गरिएको छ ।

 बिर्तामोडस्थित पाथीभरा अटो लिङ्क ( टिभिएस सोरुम) मा आयोजित टिभिएस अपाचे मोटरसाइकल र्यालीको शुभारम्भ नेपाली चलचित्रका महानायक राजेश हमालले गरे ।
बिर्तामोडस्थित पाथीभरा अटो लिङ्क ( टिभिएस सोरुम) बाट शुरु गरिएको टिभिएस अपाचे मोटरसाइकल र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो ।
पाथीभरा अटो लिङ्क ( टिभिएस सोरुम)का सञ्चालक शजेश शिवाकोटीको अध्यक्षता तथा नेपाली चलचित्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार राजेन्द्र गौतमले स्वागत गरेका थिए ।

कार्यक्रममा महानायक हमालले सात वटा प्रदेशलाई संगीतको सूत्रले जोड्ने बृहत कार्यक्रम, सप्तरंग रहेकाले देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन हुने बताए । त्यस्तै गायक सुगम पोखरेलले यस्तो कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने बताए ।
कार्यक्रममा टिभिएस टु ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्सका नेपालका मार्केटिङ हेड नवराज कोइरालाले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने उद्धेश्यले देशका सातै प्रदेशमा टिभिएस अपाचे सप्तरंग सिरिज २ को आयोजना गरिएको बताए । उनले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा ‘पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि’ नाराका साथ आयोजना गरिएको कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने बताए ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, रवि ओड , गायिका मेलिना राई, गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे, सञ्चारकर्मी नरेश भट्टराई , नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम , बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष मनोज अग्रवाल , पाथीभरा अटो लिङ्क ( टिभिएस सोरुम)का सञ्चालकहरु याम कार्की, हेम खड्का , विपिन वस्नेत, नेपाल अटोमेकानिक ट्रेड युनियन (मोटरसाइकल)का बिर्तामोड अध्यक्ष दिपेस वस्नेत लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तीका आचार्यले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर