Aamsanchar

पशुपति आर्यघाटमा आन्दोलन, शवदाह बन्द गर्ने घोषणा

Author Image
बुधवार, कार्तिक ६, २०७६


काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले अनलाइनखबरसँग भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् । घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर