गोली हानी ठेकदारले गरे ठेकदारकै हत्या


आमसंचार
प्रकाशित मिति :2019-10-23 13:11:02


धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे । साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको खुलेको छ’, डीएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com