Aamsanchar

युटुवबाट गीत हटाएर सार्वजनिक माफी मागेपछि छुटे दुर्गेश

Author Image
मङ्गलवार, कार्तिक ५, २०७६

काठमाडौं । तिहारको विवादित गीत गाएपछि मंगलबार पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् ।

कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए । गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।

उजुरी परेपछि अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर