Aamsanchar

प्रधानमन्त्री र म समझदारीमै छौं : प्रचण्ड

Author Image
मङ्गलवार, कार्तिक ५, २०७६

फायल तस्वीर

पाँचथर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताए । उनले अघि भने, ‘मुलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेका छौं । अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको उनले सुनाए । प्रचण्डले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । होहल्ला र प्रचारको भ्रममा नपर्न आग्रह गर्छु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर