Aamsanchar

हामि पनि नाच्नु पर्छ बिच बिचका गायक दुर्गेश प्रहरीको फन्दामा

Author Image
मङ्गलवार, कार्तिक ५, २०७६


डन आयो डन,
जा मूला भन,
राजा हो राजा,
बजाईदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज ।।

यो गीत अहिले विवादमा परेको छ, गीतसँगै यो गीतका गायक पनि विवादमा तानिएका छन् ।

हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा भन्ने तीज गीत गाएर चर्चित बनेका दुर्गेश थापा अहिले यो गीत बजारमा आएसँगै विवादमा परेका छन् । तिहारको मुखमा थापाले ल्याएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतसँगै विवादमा तानिएका हुन्–थापा ।

यो गीत बजारमा आएसँगै प्रहरीले उनलाई खोजी गर्नुको कारण हो– कानुनले प्रतिबन्ध लगाएको गाँजा खानुपर्छ भन्दै उनले गीत गाउनु ।

यसका विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई गायक थापालाई झिकाउन निर्देशन दिएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गायक दुर्गेश थापालाई पक्राउ गरेको बताएका छन् । यस कुराको पुष्टि गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन अनुरुप गायक थापालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

त्यसोत तिहारका बेला बियर खानुपर्छ भन्ने सन्देश गीतमार्फत सार्वजनिक हिसाबले प्रचार गरेको विषयमा पनि थापाको आलोचना हुन शुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर