Aamsanchar

‘घरजम’ यूनिट मेचीनगरमा

Author Image
सोमवार, कार्तिक ४, २०७६

मेचीनगर, 

मौलिक नेपाली चलचित्र ‘घरजम’को प्रचार प्रसारका लागि सिङ्गो टिम मेचीनगर आइपुगेको छ । सोमबार धुलावारीमा पत्रकार सम्मेलन गदैं निर्माणपक्षले यो चलचित्र अन्य नेपाली चलचित्रको तुलनामा फरक र नयाँ पन दिएको दावी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेको मान्यताका साथ चलचित्र निर्माण गरिएको बताउँनु भयो ।

निर्माणपक्षका अनुसार मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको धुलाबारीमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ काक्तिक ८ गते धुलाबारी स्थित तृष्ण चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको पत्रकार सम्मेलनमा बताइयो ।

‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न नसकेको तथा क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले ‘घरजम’ निर्माण गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले बताउनुभयो ।

क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको उहाँको भनाई छ ।

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष्य रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिनु भयो । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको बताइएको छ ।

घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक छलफल गर्ने योजना बनाएको छ । उद्योगको रुपमा स्थापित चलचित्र क्षेत्र र चलचित्रबारे छलफलको सुरुवात गर्ने योजना रहेको घरजमका सञ्चार सल्लाहकार मिलन लिम्बूले जानकारी दिनु भयो ।

करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह–निर्माताको रुपमा तेज मेन्याङबो रहनु भएको छ । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय गरेका छन् । धुलाबाररी विशेष प्रर्दशन समितिका संयोजक वीरु बेघाका अनुसार धुलाबारी प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ । धुलाबारी क्षेत्रका अधिक दर्शकलाई प्रदर्शनीमा सहभागी गराउने लक्ष्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)