Aamsanchar

इनरुवा अस्पताल हाताभित्र दारुका बोतल

Author Image
आइतवार, कार्तिक ३, २०७६


इनरुवा अस्पतालमा स्थानीयले छेडेको सफाई अभियानको क्रममा यत्रतत्र मदिराका बोतल भेटिएका छन् । जताजतै भेटिएका वाइन देखि भोट्का र बियरका बोतकहरु स्थानीयहरुले भेला पारी फोहोरसँगै व्यवस्थापन गरेका छन् । इनरुवा अस्पतालमा गएको तीन दिनयता सफाई अभियान जारी छ । स्थानीय युवा सहित सामाजिक अभियान्ताहरुले चालेको अभियानमा जनसहभागिता बढ्दै गएको छ ।

अस्पताल प्रशासनकोे बेवास्तका कारण थुप्रिएको फोहोेर स्थानीयले उठाएपछि इनरुवा अस्पतालमा यतिबेला सुद्धिकरण र सफाई अभियानसँगैको बहस छेडिएको छ । स्थानीयको पहलमा चालिएको सफाई अभियानका क्रममा अस्पताल परिषरबाट १५ ट्याक्टर बढी फोहोर उठाई सकिएको छ । राजनैतिक खिचातानी र अस्वस्थ प्रतिष्पर्धाका कारण ग्रसित इनरुवा अस्पताल लामो समययता आलोचित बन्दै आएको छ ।

चिकित्सक सहित औषधी अभाव र प्रभावकारी स्वास्थ्योपचारको अनुभूति गर्न नपाएका स्थानीयहरु इनरुवा अस्पतालको हाल बेहाल रहेको बताउँछन् । अस्पताल प्रमुखको बेवास्तासँगैको लाचारीपना र व्यवस्थापन समितिको गैरजिम्मेबारी औल्याउने स्थानीयहरु अस्पताल भित्र मौलाएको राजनैतिक जालो नतोडिएसम्म सुधार अभियानले सार्थकता पाउन नसक्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)